एमाले–माओवादी गठबन्धन टुटाएर कांग्रेससँग मिलेका नयाँ प्रधानमन्त्री केपी ओलीलाई समाजवादी मोर्चामार्फत् चेक दिने प्रचण्डको तयारी छ । तर उपेन्द्र यादवलाई आफूतिर ल्याउने प्रचण्डको चाहना पूरा नहुने देखिएको छ ।
दुई दिनअघि समाजवादी मोर्चाको बैठकमा उपेन्द्र यादव त गएनन्, तर उनका लागि भनेर एउटा कुर्सी खाली नै राखियो । जसपा नेपाल अध्यक्ष यादवलाई पर्खिरहेको जनाउ दिन मंगलबार नेकपा एकीकृत समाजवादीको आलोकनगर मूख्यालयस्थित बैठकस्थलमा राखिएको उक्त कुर्सीको किस्सा रोचक छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला उनकै मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका यादवको कुर्सी गुमेको थियो । त्यो कुर्सी कसका कारणले किन गुम्न पुगेको थियो भन्नेबारे दुई थरि दाबीहरु छन् ।
एकथरिले २१ फागुनमा बनेको माओवादी–एमाले गठबन्धनमा साझेदार बनेको जसपाले सत्ता–गठबन्धन तोड्न प्रयास गरिरहेको भन्दै उनलाई विफल तुल्याउन उनकै दल फोड्नु परेको दाबी गर्ने गरेका छन् ।
Advertisement
अर्काथरि चाहिँ यादवको एकांगी कार्यशैलीका कारण जसपा नेपालमा बस्नै नसकिने अवस्था उत्पन्न भएपछि अशोक राई समूहले उनी नेपालबाहिर रहेको मौका छोपेर दल फुटाउनुपरेको जिकिर गर्ने गरेका छन् ।
यादव अमेरिका भ्रमण छोट्याएर हतार–हतार नेपाल आए । तर १२ सांसद रहेको जसपाबाट ७ सांसदलाई रोक्न ढिला भइसकेको थियो । अशोक राईसहित ७ सांसदले २३ वैशाखमा जसपा नामक अर्को दल बनाएका थिए ।
Advertisement
खासमा जसपा नेपाल के कति कारणले फुटेको हो भन्ने अन्योलको निरुपण हुन नपाउँदै तत्कालीन प्रधानमन्त्री प्रचण्ड स्वयंले सिन्धुलीको सुनकोशी गाउँपालिका पुगेर हौसिँदै बोल्न पुगे, ‘अनेक गरिन्छ, तर सरकारलाई पूरै अवधि लगिन्छ । तपाईंहरुले केही दिनअघिका गतिविधि पनि देखिहाल्नुभयो होला ।’
news is copy from onlinekhabar for developing purpose only
प्रतिक्रिया दिनुहोस्