चितवनको सिमलतालमा पहिरोले बगाएर दुई वटा बस त्रिशूलीमा बेपत्ता भएको ६ दिन बितिसकेको छ।गत असार २८ गते बिहान साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा पहिरो खसेर ६५ यात्रु चढेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बा ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई बगाएर त्रिशूलीमा बेपत्ता बनाएको हो।
तर अहिलेसम्म ती बस र सबै यात्रु फेला पर्न सकेको छैन। बसमा सवार यात्रुहरूको खोजी गर्दा बिहीबार बिहानसम्म १९ वटा शव फेला परेको छ। जसमध्ये पाँच जनाको सनाखत हुन बाँकी छ।
बसमा रहेका यात्रुहरूको शव कम्तिमा पनि ४० किलोमिटरभन्दा टाढा फेला परिरहेका छन्। जसकारण जिल्ला प्रशासन कार्यालय चितवनले भारतस्थित बिहार राज्यको पश्चिम चम्पारण जिल्लाका डिस्ट्रिक्ट म्याजिस्ट्रेटसँग पनि खोजी तथा उद्धारका लागि समन्वय गरेका छन्।
this news is copy from setopati for developing purpose only
प्रतिक्रिया दिनुहोस्